global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विद्यालय शुल्क अनुगमन गर्न केन्द्रको निर्देशन

विद्यालय शुल्क अनुगमन गर्न केन्द्रको निर्देशन

विद्यालय शुल्क अनुगमन गर्न केन्द्रको निर्देशन ?????????????????????????????????????????????????????????

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई विद्यालयमा लिइँदै आएका शुल्कको अनुगमन गर्न निर्देशन दिएको छ।

केन्द्रले हाल विभिन्न जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा शुल्क असुल गरेको भन्दै गुनासोहरू प्राप्त भएको जनाएको छ।

प्राप्त उजुरीहरूको आधारमा ती गतिविधिको सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही गर्न तथा विद्यमान कानुनको परिधिभित्र रही समस्या समाधान गर्न निर्देशन दिइएको हो।

निर्देशनमा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी अनुगमन गर्न समेत आग्रह गरिएको छ। केन्द्रले विद्यालयहरूले कानुन विपरीत शुल्क उठाएको पाइएमा सम्बन्धित निकायमार्फत आवश्यक कदम चालिने संकेत गरेको छ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु