global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बाजुराको त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुराको त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुराको त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा । बाजुरा जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम त्रिवेणि नगरपालिकाबाट सुरुवात भएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासहित त्रिवेणी नगरपालिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप पालिका घोषणा केवल,एक औपचारिक उपलब्धि मात्र नभई, यो बालबालिकाको सुरक्षित भविष्य, स्वस्थ समुदाय र जिम्मेवार स्थानीय स्वास्थ्य प्रणालीको सशक्त आधार बनेको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जानकारी दिए ।

उनले यसले प्रत्येक बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चित गर्दै खोप सेवाको दिगोपना,नियमित अनुगमन र समुदायको निरन्तर सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा लगिएको बताएका हुन् ।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख चिरञ्जीवी प्रसाद शाहले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।प्रस्तुत प्रतिवेदन स्वास्थ्य कार्यालय बाजुरालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएको हो ।

यस महत्त्वपूर्ण सुरुवातका लागी स्वास्थ्य कार्यालय बाजुराले, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गरेको हो। सफल कार्यान्वयन, निरन्तरता र दिगोपनाका लागि हार्दिक शुभकामना व्यक्त समेत गरिएको हो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तहको सक्रियता, समुदायको सहभागिता र स्रोतहरूको प्रभावकारी उपयोग अपरिहार्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए।त्यस्तै नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आगामी दिनमा समेत खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो ।

कार्यक्रम कार्यवाहक नगर प्रमुख कमला कुमारी जैसी (न्यौपाने) को अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम स्वास्थ्य कार्यालय बाजुराका प्रमुख लाल बहादुर खड्का प्रमुख अतिथिको रूपमा रहनु भएको थियो ।

साथै विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, ख्एम् इन्भेस्टिगेशन मेडिकल अफिसर डा।किरण थापा, स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख, नगरपालिकाका विभिन्न शाखा प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु