गृहपृष्ठ सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट
सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट
काठमाडौं- सोपान फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सर्वसाधारणका लागि निष्काशन गरिएको आइपिओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको भए पनि मागभन्दा बढी आवेदन परेको थियो ।
विक्री प्रबन्धकका अनुसार आइपिओको लागि कुल २७ लाख ६८ हजार ७४३ जनाले आवेदन दिएकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
प्रकाशित समय : ११:५३ बजे




















