गृहपृष्ठ उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छन ।
स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिइन ।
मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन । चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।
प्रकाशित समय : १२:५० बजे



















