गृहपृष्ठ आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली स्थानीय बजारमा आज (बुधबार)पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ । हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
आज चाँदी पनि ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : १२:४५ बजे




















