गृहपृष्ठ चण्डी पर्वको अवसरमा उमाकुण्ड गाउँपालिकाले दियो बिदा
चण्डी पर्वको अवसरमा उमाकुण्ड गाउँपालिकाले दियो बिदा
रामेछापको उमाकुण्ड गाउँपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अभिजित सुनुवारले बुधबार एक सूचनामार्फत् बिहीबार स्थानीय पर्व बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
सुनुवार (किराँत) तथा अन्य समुदायले समेत विशेष रूपमा मनाउने चण्डी (स्याँदर) पर्वको अवसरमा बिदा दिने निर्णय भएको उनले सूचनामा उल्लेख गरेका छन् ।
‘उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८३/०१/१६ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिकामा सुनुवार (किराँत) तथा अन्य समुदायले समेत विशेष रूपमा मनाउने चण्डी (स्याँदर) पर्वको अवसरमा मिति २०८३/०१/१७ गते बिहीबारका दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।
प्रकाशित समय : १३:४९ बजे




















