गृहपृष्ठ अमेरिकाविरुद्ध इरानले दियो संयुक्त राष्ट्रसंघमा उजुरी
अमेरिकाविरुद्ध इरानले दियो संयुक्त राष्ट्रसंघमा उजुरी
इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्र संघमा उजुरी दिएको छ।
इरानले पत्रमा अमेरिकाले आफ्ना जहाजहरू कब्जा गरेर ‘समुद्री डकैती’ गरेको आरोप लगाएको छ।
संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरावनीले अमेरिकाले ‘मजेस्टिक’ र ‘टिफनी’ नामका जहाज कब्जा गरेको र लगभग ३८ लाख ब्यारेल इरानी तेल जफत गरेको बताएका छन्।
उनका अनुसार यो कार्य गैरकानुनी छ र अन्तर्राष्ट्रिय व्यापारमा हस्तक्षेप हो। इरानले आरोप लगाएको छ, ‘अमेरिकाको यो कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र समुद्री कानूनको उल्लंघन गरेको छ।’
इरावनीले यस्ता कार्य रोकिएन भने यसले विश्वभर नै कानुनी व्यवस्था कमजोर पार्दै खतरनाक नजिर बस्ने दाबी गरेका छन्।
प्रकाशित समय : १४:११ बजे



















