nmb bank

गृहपृष्ठ मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र

ललितपुर । जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम मार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्था र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए ।

स्थानीय जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ, जहाँ विभिन्न जिल्लाबाट हजारौँ भक्तजन पुग्ने गर्दछन् ।

प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । उक्त स्थलमा कडा धार्मिक नियमहरू लागू गरिएका छन्, जहाँ सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।

यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमा (बुद्धका तीन मूर्ति) को पनि अवलोकन गरिएको थियो । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

त्यस्तै बागमती गाउँपालिकाको भट्टेडाँडास्थित मैरेभिरको राडर क्षेत्र पनि अवलोकन गरिएको थियो । यस क्षेत्रलाई साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा हेरिएको छ ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु