गृहपृष्ठ नेप्से परिसूचक साढे ६ अंकले बढ्यो
नेप्से परिसूचक साढे ६ अंकले बढ्यो
काठमाडौं :साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५० अंकले बढेर २७९५.२१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ६७ वटा स्क्रिप्सको २५ हजार ९४४ कित्ता सेयर २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो।
प्रकाशित समय : ११:१३ बजे



















