गृहपृष्ठ एलएस होराइजन १२ निष्काशन गर्दै लक्ष्मी सनराइज क्यापिटल
एलएस होराइजन १२ निष्काशन गर्दै लक्ष्मी सनराइज क्यापिटल
लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिने कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फण्डको इकाईमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ १३ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १०:५५ बजे



















