nmb bank

गृहपृष्ठ कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा कर्णालीका आठ जिल्लाका ९० वटा परीक्षा केन्द्रबाट २४ हजार बढी परीक्षार्थी सहभागी भएका हुन् ।

कर्णालीबाट यस वर्ष नियमिततर्फ १७ हजार १२५ र आंशिकतर्फ ७ हजार २९२ जना गरी २४ हजार ४१७ जना विद्यार्थी सहभागी भएको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख महेश देवकोटाले जानकारी दिए ।

परीक्षा व्यवस्थापन कार्यालयका अनुसार रुकुम पश्चिम र सल्यानलाई बोर्डको दाङ कार्यालयले हेर्ने हुँदा बाँकी आठ जिल्लाका परीक्षा केन्द्रको व्यवस्थापन सुर्खेतस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले नियमन तथा निर्देशन गर्ने देवकोटाले बताए ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार १११ जना र सबैभन्दा कम डोल्पाबाट ६०६ जना परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षा सम्पन्न गर्न ९० जना केन्द्राध्यक्ष, १८० जना सहायक केन्द्राध्यक्ष, ६१२ जना निरीक्षक, ९० जना कर्मचारी, १८० जना सहयोगी कर्मचारी र ९०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु