गृहपृष्ठ रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै
रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै
काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको छ । आइतबारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ ।
जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो ।
रातो मत्स्येन्द्रनाथको जात्राको सुरुआत लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथाअनुसार कुनै समय काठमाडौं उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन ।
प्रकाशित समय : ११:५९ बजे



















