nmb bank

गृहपृष्ठ विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२५/२६ को विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा शक्तिशाली राष्ट्रहरू, निजी व्यावसायिक क्षेत्र र अधिकार विरोधी आन्दोलनहरूद्वारा सञ्चालित बहुपक्षीयता, अन्तरराष्ट्रिय कानुन र मानव अधिकारमाथि आक्रमण भएको जनाएको छ ।

प्रतिवेदनमा जातीय विभेद, लैङ्गिकतामा आधारित विभेद र हिंसा अधिकारमाथि बन्देजहरू शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले २०२५ मा विश्वका १४४ देशलाई समेट्दै अन्तरराष्ट्रिय कानुनविरुद्ध अपराधहरू भएको, नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध, हतियारको गैरजिम्मेवारपूर्ण ओसारपसार र उत्पादन दण्डहीनता बढेको देखाएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले मानव विश्वमा मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै मानव अधिकारको अवस्था सन्तोजनक नभएको बताए । रासस

 

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु