गृहपृष्ठ राष्ट्रिय सभा समितिद्वारा तीन संसदीय उपसमिति गठन
राष्ट्रिय सभा समितिद्वारा तीन संसदीय उपसमिति गठन
काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आफ्नो कार्यक्षेत्रलाई प्रभावकारी बनाउन तीनवटा उपसमितिहरू पुनर्संरचना गरेको छ।
सिंहदरबारमा सम्पन्न बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्यायसम्बन्धी विषय समेट्ने गरी उपसमितिहरूको नयाँ गठन गरेको हो।
समितिका अनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकमा श्रीकृष्णप्रसाद अधिकारी चयन भएका छन्। उक्त उपसमितिमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा सदस्यका रूपमा रहेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको नेतृत्व विष्णुकुमारी सापकोटालाई दिइएको छ। यस उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहेका छन्।
सामाजिक न्यायसम्बन्धी उपसमितिको संयोजकमा रोशनी मेचे चयन भएकी छन् भने धर्मेन्द्र पासवान र मनरुपा शर्मा सदस्यको जिम्मेवारीमा छन्।
प्रकाशित समय : १४:४४ बजे



















