nmb bank

गृहपृष्ठ रास्वपाको महामन्त्रीमा शाह मनोनित

रास्वपाको महामन्त्रीमा शाह मनोनित

रास्वपाको महामन्त्रीमा शाह मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका थिए ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको हो ।

त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ । बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गरेको उक्त प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो ।

रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु