nmb bank

गृहपृष्ठ जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताएको छ ।

उनले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिररहेको बताएको छ । बुटवलस्थित जितगढी किल्ला क्षेत्रमा आज आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जितगढी किल्लाको महत्त्व एउटा स्थानीय तहमा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने, मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

“कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो”, उनले भने, “जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति हो यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।”

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोरखाबाट ११ दिन पैदल यात्रा गरेर नेपाली सेनाका अधिकृत र जवानहरु आज बुटवल आइपुगेको र यसबीचमा पैदल यात्री टोलीलाई हरेक स्थानीय तहमा भव्य सम्मान गरिएको बताउँदै तत्कालीन समयमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले हराएको गौरवपूर्ण इतिहासको प्रभाव अहिलेसम्म पनि रहेको जनताको सम्मानबाट पुष्टि हुने गरेको बताए ।

तत्कालीन समयमा नेपाली सेना र नेपाली समाजको समन्वयमा युद्ध भएर शक्तिशाली अङ्ग्रेज फौजलाई परास्त गर्न सफल भएको बताउदै जितगढी किल्लामा हरेक वर्ष मनाइने विजयोत्सव कार्यक्रम नेपाली सेना र जनताबीच समन्वयको कार्यक्रम भएको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले जितगढी किल्लाको ऐतिहासिक तथ्यको बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा प्रचारप्रसार गरेर नेपालीको गौरवपूर्ण इतिहास विश्वभरि पुर्याउन आवश्यक रहेको बताए ।

इतिहासविद् देवेन्द्रराज शाक्यले जितगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएको थियो । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जितगढी विजयोत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु-याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

विसं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अङ्ग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए ।

गोरखा दरबारबाट सुरु भएको गोरखा–जीतगढी पदयात्रा करिब २०७ किमि दूरी पार गर्दै तनुहँ–स्याङ्जा–पाल्पा हुँदै ११औँ दिनमा जीतगढी पुगेको हो ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु