गृहपृष्ठ हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत आजबाट सुरु
हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत आजबाट सुरु
पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस वर्षको स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नभएको जानकारी ज्योतिषीहरुले जनाएका छन् ।
यस पटक शुक्रबारबाट ब्रत आरम्भ हुने भएकाले अति नै शुभ संयोग मानिन्छ । भोलि लाग्ने भनेर भनिएको चन्द्र ग्रहणले नेपालमा कुनै पनि प्रकारको दोष नरहने र ब्रत लिन चाहनेले लिन सक्ने कुरा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजालले जानकारी दिए ।
उनकाअनुसार पौष शुक्ल पक्षको पूर्णिमादेखि माघ शुक्ल पक्षको पूर्णिमासम्म करिब एक महिनासम्म लिने पवित्र व्रत हो । हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिंग बनाई श्रीस्वस्थानीको व्रत बसेर मनोकांक्षा पूरा भए पछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्नेहरुको सुख, शान्ति एैश्वय प्राप्त होस् कसैले दुख कष्ट भोग्न नपरोस् भनेर प्रारम्भ भएको विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ ।
स्वस्थानीको व्रतको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको धार्मिक मान्यता रहेको छ ।
प्रकाशित समय : १७:०३ बजे


















