गृहपृष्ठ क्यानडामा बिपी विचार समाजको शाखा
क्यानडामा बिपी विचार समाजको शाखा
बिपी विचार राष्ट्रिय समाजको क्यानडामा शाखा स्थापना भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा २०७६ पुस २३ गते बसेको बैठकले समाजको क्यानडा शाखा गठन गर्ने निर्णय गरेको हो ।
लेखनाथ तिमल्सिना संयोजक रहेको कार्यसमितिमा उपसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा २१ जनाको कार्यसमिति रहनेछ । समितिले ६ महिनाभित्र केन्द्रसँग समन्वय गरी क्यानडा शाखाको अधिवेशन गराउने बिपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
प्रकाशित समय : १९:०७ बजे



















