गृहपृष्ठ कीर्तिपुर रंगमञ्चमा ‘क्याभास एट थिएटर’ प्रदर्शनी
कीर्तिपुर रंगमञ्चमा ‘क्याभास एट थिएटर’ प्रदर्शनी
कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ ।
राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो ।
नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन नेपाली समाजप्रतिको चिन्ता र चासोको विषय बनेका छन् ।
युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । प्रदर्शनीमा मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई चिनाउने तस्बिरहरु प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ ।
प्रकाशित समय : २०:५० बजे



















