global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूर तथा कर्णाली प्रदेशमा ४० वर्षयताकै बढी हिमपात (फोटो फिचर)

सुदूर तथा कर्णाली प्रदेशमा ४० वर्षयताकै बढी हिमपात (फोटो फिचर)

सुदूर तथा कर्णाली प्रदेशमा ४० वर्षयताकै बढी हिमपात (फोटो फिचर)

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा यो वर्ष धेरै हिमपात भएको छ । सुदूरका पहाडी र हिमाली जिल्लामा यो वर्ष चौथो पटक हिमपात भएको हो । सुदूरकै कतिपय ठाउँमा ४० वर्षयताकै बढी हिमपात भएको स्थानीयले बताएका छन् ।

लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । फोन तथा इन्टरनेट सेवाबाट कर्णाली र सुदूरपश्चिमबासी वञ्चित भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा तराईबाट जाने सवारी साधनहरु स्याउले, साहुँखर्क, खोप्डे, श्रीभावरलगायतका क्षेत्रमा रोकिएका छन् ।

अधिकांश ठाउँमा एक फिट बाक्लो हिमपात भएको छ । सडक चिप्लो भएर सवारी साधन चल्न नसकेर रोकिएका छन् ।

 

तस्बिरहरू : सामाजिक सञ्जालबाट

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु