गृहपृष्ठ नाटा अध्यक्षका लागि अच्युत गुरागाईंको उम्मेदवारी घोषणा
नाटा अध्यक्षका लागि अच्युत गुरागाईंको उम्मेदवारी घोषणा
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) को अध्यक्षका लागि अच्युत गुरागाईंले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीको पकनाजोलमा पत्रकार सम्मेलन गरी बिहीबार गुरागाईंले उम्मेदवारी घोषणा गरेका हुन् । नाटाको निर्वाचन माघ ३ गते हुँदै छ ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्षका प्रत्यासी गुरागाईंले नाटा आफ्नो जन्मघरभन्दा प्यारो रहेको बताए । आफ्नो प्यानललाई नै जिताउन आग्रह गर्दै उनले नाटालाई निर्दिष्ट दिशा दिने प्रतिबद्धता पनि व्यक्त गरे । वर्तमान कार्यसमितिमा गुरागाईं उपाध्यक्ष छन् ।
गुरागाईंको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हेमराज बाँस्तोला, उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापाले उम्मेदवारी दिएको कार्यक्रममा जानकारी दिइएको छ ।
प्रकाशित समय : ००:०२ बजे



















