गृहपृष्ठ गण्डकी प्रदेशमा ३५ जना एन्फा रेफ्री
गण्डकी प्रदेशमा ३५ जना एन्फा रेफ्री
गण्डकी प्रदेशमा ३५ जना एन्फा रेफ्री उत्पादन भएका छन् । अखिल नेपाल फुटबल संघ र एन्फा केन्द्रको सहकार्यमा हालै पोखरामा सम्पन्न भएको एक हप्ते एन्फा रेफ्री कोर्समा सहभागी ४२ जनामध्ये ३५ जनाले उक्त कोर्स उत्तीर्ण गरेका हुन् ।
रेफ्री इन्स्ट्रक्टर सुरेन्द्र शिखाकारले उक्त कोर्समा उत्तीर्ण भएकामध्ये केहीले राष्ट्रिय स्तरकै फुटबल खेलाउन सक्ने दाबी गरे । डि लेबलको रेफ्री कोर्स लिएकाहरुले एन्फाका धेरै प्रकारका खेलमा रेफ्रीको भूमिकामा रहन सक्ने उनले बताए । एन्फा रेफ्रीपछि राष्ट्रिय र फिफा रेफ्रीको तह हुन्छ ।
फुटबलको स्तर बढाउने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा तालिम आयोजना गरिएको एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । एन्फा रेफ्री कोर्स उत्तीर्ण गरेकी उपमा रायमाझीले कोर्समा सिकेका कुरा व्यवहारमा लागू गर्दै दोस्रो चरणमा राष्ट्रिय रेफ्री बन्ने संकल्प गरिन् । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले फुटबल खेलको विकास गर्न उक्त कार्यक्रम गरिएको जानकारी दिए ।
प्रकाशित समय : ००:३३ बजे



















