गृहपृष्ठ गण्डकी प्रदेश लिग माघ ४ देखि
गण्डकी प्रदेश लिग माघ ४ देखि
गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिता माघ ४ गतेदेखि हुने भएको छ । गण्डकी प्रदेश लिग सञ्चालक कमिटीको आयोजनामा पोखरामा फुटबल प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
एन्फाका केन्द्रीय उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कृष्णबहादुर थापाका अनुसार लिगमा आठ टिमको सहभागिता रहनेछ । गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा जिल्ला लिगमा च्याम्पियन बनेका क्लबहरुबीच प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा कास्कीबाट जिल्ला लिग च्याम्पियन आदर्श क्लब, तनहुँको भिमाद युथ क्लब, लमजुङको त्रिवेणी युवा क्लब, गोरखाबाट बौद्ध हिमाल, नवलपुरबाट गैंडाकोट खेलकुद समिति, मनाङबाट डाँफे युवा क्लब र स्याङ्जाबाट होराइजन क्लब प्रदेश लिगमा सहभागी हुनेछन् । माघ १३ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिताका विजेता टोलीले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई तयारीका लागि ५० हजार रुपैयाँ दिइनेछ ।
प्रकाशित समय : ००:४३ बजे



















