global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्णिमा मोक्तानका हत्यारा धनुषाबाट गिरफ्तार

पूर्णिमा मोक्तानका हत्यारा धनुषाबाट गिरफ्तार

पूर्णिमा मोक्तानका हत्यारा धनुषाबाट गिरफ्तार

बागमती नगरपालिका–५ राजघाटकी पूर्णिमा मोक्तानको हत्या आरोपमा एक जनालाई सर्लाही प्रहरीले गिरफ्तार गरेको छ । धनुषाको लालगढस्थित मोडेल अस्पतालमा उपचार गराइरहेको अवस्थामा मोक्तानको हत्यामा संलग्न भएको आरोपमा ३२ वर्षीय ढकबहादुर खपांगीलाई बुधबार गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सलार्हीका एसपी विश्वमणी पोखरेलले जानकारी दिए । खपांगी ना. ४ च २५६३ नम्बरको बोलेरो जिपका चालक हुन् ।

राजघाटको टेकानीस्थित बुढी बागमतीको बगरमा पुस २१ गते २६ वर्षीय मोक्तानको शव नदीको खरबारीमा फेलापरेको थियो । माइतीघर बागमती नगरपालिका ५ टेकानीमा बस्दै आएकी मोक्तान गत १८ गते रातीदेखि बेपत्ता भएकी थिइन् । पुस २२ गते प्रहरी कार्यालयमा पीडित परिवारले प्रहरीलाई उनको खोजी गरिदिन भन्दै उजुरी दिएका थिए । शव फाल्नका लागि बागमती नदीमा जिप चलाएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित समय : ००:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु