global ime bank Long Banner Ad

गृहपृष्ठ अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ

धार्मिक पर्यटकीय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको निर्माणको लागि महायज्ञ सञ्चालन गरिएको छ ।

भगवान शंकरको मूर्र्ति निर्माण अभियान पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका ९ का वडाध्यक्ष रामराज लामिछानेले एक समारोहकाबीच महायज्ञको उद्घाटन गरेका थिए ।

महायज्ञस्थल एयरपोर्टबाट सुरु भएको कलशयात्राका सहभागीहरु भजन कीर्तनसहित हर्कचोक, रत्नचोक, सृजनाचोक, पृथ्वीचोक हुँदै पुन ः महायज्ञस्थल एयरपोर्टसम्मको क्षेत्र परिक्रमा गरेका थिए ।

देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समूहको संयोजनमा पुष २५ देखि सुरु माघ ४ गतेसम्म पोखराको एयरपोर्टस्थित उत्तरतर्फको गेट अगाडि महायज्ञ भइरहेको छ ।

आयोजक प्रतिष्ठानका महासचिव मदनराज मिश्रले महायज्ञमा ५ हजार दान गर्नेलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिने, १५ हजार दान गर्ने दाताले एकजनाको स्मृतिमा शिलालेखमा नाम लेखाउन पाउने, २५ हजार दान गर्ने दाताले दुईजनाको स्मृतिमा शिलालेख लेखाउन पाउने, ५१ हजार दान गर्नेको ५ जनाको नाम लेखाइने तथा १ लाख माथि दान गर्नको संस्थापक एवं परिवारको फोटोसहित शिलालेख लेखाइने जानकारी दिए ।

५ लाख माथि दान गर्ने दातालाई संरक्षकसहित पतिपत्नीको फोटो शिलालेखमा राखिने पनि महासचिव मिश्रले बताए । महायज्ञका प्रमुख वाचक पण्डित बालकृष्ण अर्याल रहेका छन् ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु