nmb bank

गृहपृष्ठ अमृतको रिहाइका लागि परिवारले भारतीय दूतावासलाई पनि गरेको थियो आग्रह

अमृतको रिहाइका लागि परिवारले भारतीय दूतावासलाई पनि गरेको थियो आग्रह

अमृतको रिहाइका लागि परिवारले भारतीय दूतावासलाई पनि गरेको थियो आग्रह

इरानको जेलमा रहेका (हाल रिहा भएका भनिएको) अमृत झाको रिहाका लागि पहल गरिदिन उनको परिवारले नेपालस्थित भारतीय दूतावासलाई पनि पत्र लेखेको पाइएको छ ।

अमृतकी दिदी पूजाले भारतीय राजदूतलाई सम्बोधन गर्दै अप्रिल ३ मा नै पत्र लेखेकी थिइन् । इरानमा अलपत्र परेर बुधबार रिहा भएका भनिएका नेपाली नागरिक अमृतको हस्तान्तरण तथा स्वदेश फिर्ती प्रक्रियामा सहयोग गर्न पत्रमार्फत आग्रह गरिएको हो ।

इरानको वर्तमान अवस्था तथा नेपाली नागरिकका लागि सीमित प्रत्यक्ष कूटनीतिक प्रतिनिधित्व रहेको परिस्थितिलाई ध्यानमा राख्दै, उनको सुरक्षाको सुनिश्चितता गर्दै नेपाल फिर्ता ल्याउने व्यवस्था मिलाउन पत्रमा आग्रह गरिएको उल्लेख छ ।

त्यसअघि अमृतका परिवारले सुशीला कार्की नेतृत्वको सरकारको पालामा रहेका तत्कालीन परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर रिहाका लागि पहल गरिदिन पत्र बुझाएको थियो । त्यस्तै कन्सुलर विभागमा पनि पत्र बुझाएको थियो ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु