nmb bank

गृहपृष्ठ प्रतिपक्षी दलका नेताहरूले भेट सभामुखलाई

प्रतिपक्षी दलका नेताहरूले भेट सभामुखलाई

प्रतिपक्षी दलका नेताहरूले भेट सभामुखलाई

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको उक्त भेटका क्रममा नेताहरूले विशेष गरी संसदीय समितिहरूको नेतृत्व चयन र त्यसको बाँडफाँटका बारेमा चासो व्यक्त गरेका थिए।

उनीहरूले आगामी संसद अधिवेशनलाई कसरी थप प्रभावकारी र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रियालाई सुचारु राख्न सुझाव समेत दिएका छन्।

भेटघाटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू भीष्मराज आङदाम्बे र अर्जुननरसिंह केसी, नेकपा एमालेका तर्फबाट गुरु बराल र पद्या अर्याल, तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन लगायतको उपस्थिति रहेको थियो। नवनिर्वाचित सभामुख अर्यालसँगको यो भेटलाई संसदीय राजनीतिमा शक्ति सन्तुलन र समन्वयकारी भूमिकाका रूपमा हेरिएको छ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु