गृहपृष्ठ वाइफाइ नेपालको ‘नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान’ अफर सार्वजनिक
वाइफाइ नेपालको ‘नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान’ अफर सार्वजनिक
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वाइफाइ नेपालले नयाँ वर्षको अवसर पारेर ‘नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यो योजनामार्फत ग्राहकलाई उही मूल्यमा अझ बढी इन्टरनेट स्पीड र अतिरिक्त सुविधा प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
यो अफरअन्तर्गत ५० एमबीपीएस प्याकेज लिने ग्राहकले ७० एमबीपीएस स्पीड पाउनेछन् । ७० एमबीपीएस प्याकेज लिनेले १०० एमबीपीएससम्मको स्पीड प्राप्त गर्नेछन् । यो सुविधा उही किफायती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो योजना १२ र २४ महिनाका प्याकेजमा मात्र नयाँ ग्राहकका निम्ति लागु गरिएको छ । अफरअन्तर्गत ग्राहकले डुअल ब्यान्ड राउटर समेत प्राप्त गर्नेछन् । यसले बलियो सिग्नल, स्थिर कनेक्टिभिटी तथा एकैपटक धेरै उपकरणमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले ‘स्पीड बुस्ट’ अवधारणामा आधारित यो योजना ग्राहकलाई थप स्पीड, सुविधा र गुणस्तरीय इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको जनाएको छ ।
प्रकाशित समय : १५:५० बजे



















