nmb bank

गृहपृष्ठ हल्दिबारी गाउँपालिका र कन्काई नगरपालिकालाई जिसस झापाद्वारा सम्मान

हल्दिबारी गाउँपालिका र कन्काई नगरपालिकालाई जिसस झापाद्वारा सम्मान

भद्रपुर । जिल्ला समन्वय समितिले जिल्लाका १५ स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने दुई स्थानीय तहलाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति ९जिसस०को कार्यालय भद्रपुरमा आयोजित समारोहबीच आज ती दुई स्थानीय तहलाई प्रशंसापत्रसहित विशेष सम्मान गरिएको हो । जिससका सूचना अधिकारी विकास ढकालका अनुसार जिल्लाका सबै स्थानीय तहहरूको वस्तुगत सर्वेक्षण, असल अभ्यास तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा ती स्थानीय तह उत्कृष्ट ठहरिएका हुन् ।

हल्दिबारी गाउँपालिकाले सेवा प्रवाहमा देखाएको सहजता, सुशासन प्रवर्द्धनमा निर्वाह गरेको भूमिका तथा विकास निर्माणमा हासिल गरेको उपलब्धिका लागि प्रशंसा गरिएको जनाइएको छ । त्यस्तै कन्काई नगरपालिकालाई योजना कार्यान्वयन र प्रशासनिक पारदर्शितामा देखाएको सक्रियताका आधारमा सम्मान गरिएको सूचना अधिकारी ढकालले बताए ।

जिसस प्रमुख विश्वनाथ बरालले स्थानीय तहबीच समन्वय सुदृढ गर्न र असल अभ्यासको आदानप्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले उत्कृष्ट कार्य गर्ने पालिकालाई प्रोत्साहन गर्दा अन्य स्थानीय तहमा समेत सकारात्मक प्रतिस्पर्धा बढ्ने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रशासन र स्थानीय सरकारबीचको समन्वय बलियो हुँदा नागरिकले राज्यको उपस्थितिलाई प्रभावकारी रूपमा महसुस गर्ने उल्लेख गर्दै सम्मानित पालिकालाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न सुझाव दिए ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु