गृहपृष्ठ धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले आज (चैत २९) बिहान जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला पारेको हो । चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी गरेका थिए । फेला नपारेपछि पुनः चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले खोजी गरेका थिए ।
प्रकाशित समय : १२:०९ बजे



















