गृहपृष्ठ एटीएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ
एटीएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ
जाजरकोटको त्रिवेणी नगरपालिका- ६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटीएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका- २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ००:१९ बजे



















