गृहपृष्ठ बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्विरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्विरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्विरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ।

जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी भक्तपुर नगरपालिका वडा नं. ५ मा पर्ने पाँचतल्ले मन्दिर र त्यसको परिसरमा गरिएको सामूहिक धिमे बाजा प्रदर्शन तथा नृत्यले सबैको ध्यान आकर्षित गरेको छ।

पाँचतल्ले मन्दिर परिसरको खुट्किलाहरूमा लहरै बसेर बोल, सुर र तालमा बजाइएको धिमे बाजाको तालमा महिलाहरुले नृत्य प्रदर्शन गरेका छन् । नेवारी भेसभुसा लगाएका महिलाहरुले धिमे बाजाको तालमा एकसाथ नृत्य गरेकाे तस्विरमा देख्न सकिन्छ।

 

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु