गृहपृष्ठ फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच छुट सम्झौता
फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं । फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच विशेष छुटका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चैत २५ गतेका प्रभु बैंकका तर्फबाट मार्केटिङ प्रमुख दीपेन्द्रबाबु विष्ट र फिसटेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनिस महर्जनबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार उक्त तीनवटै कम्पनीका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् । जसअनुरुप प्रभु बैंकका ग्राहक तथा कर्मचारीले लजको सेवा तथा सुविधा प्राप्त गर्न बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्नेछ ।
फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय : १६:२४ बजे


















