गृहपृष्ठ माघी मेलाको उद्घाटन गर्न कञ्चनपुरमा खानेपानीमन्त्री मगर
माघी मेलाको उद्घाटन गर्न कञ्चनपुरमा खानेपानीमन्त्री मगर
कञ्चनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलाको उद्घाटन गर्न खानेपानीमन्त्री बीना मगर कञ्चनपुरमा पुगेकी छन् ।
चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटनमा प्रमुख अतिथिका रूपमा खानेपानीमन्त्री मगरले थारू समुदायको कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफु प्रतिबद्ध रहेको बताइन् ।

देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियोे । थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री मगरले भनिन् ।

‘कञ्चनपुर जिल्ला पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो । यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।’ उनले भनिन् ।

उनले भनिन्, ‘जनताका अगाडि जे प्रतिबद्धता व्यक्त विकास गरेको छु त्यो पुरा गरेरै छाड्छु । विकास मैले नै गर्ने हो । हामी जनप्रतिनिधिले नै गर्ने हो ।’
हुलाकी सडकलगायत अन्य बाटो घाटो, पुल पुलेसादेखि खानेपानीलगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रका कामहरु अगाडि बढाइएको उनले बताइन् ।

उनले बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको बताइन् । उनले भनिन्, ‘यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण कामहरु अगाडि बढेका छन् ।’
प्रकाशित समय : १३:५७ बजे




















