nmb bank

गृहपृष्ठ राजधानीको असन क्षेत्रमा अब शनिबार सवारी साधन निषेध

राजधानीको असन क्षेत्रमा अब शनिबार सवारी साधन निषेध

राजधानीको असन क्षेत्रमा अब शनिबार सवारी साधन निषेध तिहार सुरु भएसँगै असन बजारमा सर्वसाधारणको भीड काठमाडौँ,१३ कात्तिकः काठमाडौँंको असन क्षेत्रमा मङ्गलबार तिहारको किनमेल गर्न आएका सर्वसाधारण नागरिकको भीड । तस्बिरः सुरज घिमिरे/रासस

काठमाडौं । राजधानीको असन क्षेत्रमा अब शनिबार सवारी साधन प्रवेश निषेध हुने भएको छ । असन क्षेत्रको मौलिकता जोगाउन भन्दै वैशाख ५ देखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गर्न लागिएको हो ।

मौलिकता संरक्षणसँगै असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन यस्तो निर्णय गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीय संघसंस्था, क्लव तथा समुदायसँगको छलफलमा काठमाडौं महानगरपालिकाकी निमित्त प्रमुख सुनिता डंगोल, सो क्षेत्रा वडाध्यक्ष योगेश खड्गी, महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी सहभागी थिए ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु