global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रास्वपा सांसद यादवले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन एमाले सांसदको माग

रास्वपा सांसद यादवले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन एमाले सांसदको माग

रास्वपा सांसद यादवले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन एमाले सांसदको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले पार्टी अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको व्यवहारप्रति आफ्नो असन्तोष व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले शुन्य समयमा बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन माग समेत गरेकी हुन् उनले भनिन्, ‘यही हलमा मेरा कलिक एक माननीयले मेरो पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको तुच्छ व्यवहारको घोर आपत्ति व्यक्त गर्दछु । र सो नियमापत्ति गरि अभिलम्ब अभिलेखबाट हटाइयोस् ।’ उनले पार्टी अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री गृहमन्त्री रमेश लेखकलाई सम्मानपूर्वक छाड्न आग्रह गरेकी छन् ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक ज्यूलाई सम्मानपूर्वक छाडियोस् । सम्मानिय सभामुख महोदय के यो गरेको धरपकड गैरकानुनी हैन र ? कार्की प्रतिवेदन आफैंमा विवादित छ, उहाँले लेखेका फेसबुकको स्टाटसहरु विवादित छ त्यसकारणले गर्दा हामीलाई सत्य, तथ्य के हो यदी फेरी पनि छानविन आयोगहरुको गठन गर्नुपर्छ भने गरियोस् हामी सहयोग गर्न तयार छौ,’ उनले भनिन् ।
यसअघि, रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले शुन्य समयमा बोल्दा अध्यक्ष ओलीलाई अपराधीको संज्ञा दिँदै कारागारको ढोकाभित्र हुनुपर्ने तर हस्पिटलको बेडमा रहेको बताएका थिए ।

सांसद सुप्रभात यादवले भनेका थिए, ‘समाभुख महोदय जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु । एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् किनकी आज जुन अपराधि कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो संसदसम्म पठाउँदैछ ।’

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु