global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘अटोचालक महिलासँग ट्राफिक प्रहरी’

‘अटोचालक महिलासँग ट्राफिक प्रहरी’

‘अटोचालक महिलासँग ट्राफिक प्रहरी’

कर्णाली । सुर्खेतमा ‘अटोचालक महिलाहरूसँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका ४८ जना अटोचालकहरूलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण गरिएको छ ।

आज यहाँ वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा दिनहुँ जसो बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने संवेदनशीलताबारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित शाहीले जानकारी दिए ।

पेसालाई मर्यादित बनाउन, उत्प्रेरणा जगाउन, ट्राफिक नियम पालनासम्बन्धी सचेत गराउन र चालकले भोग्दै आएका समस्या बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । “चालक पेसा त्यति सजिलो छैन, पछिल्लो समय महिलाहरुले यसै पेसालाई आयआर्जनको माध्यम बनाएका छन्”, उनले भने, “उहाँहरूमा सचेतना र उत्प्रेरणा जागृत गर्न आवश्यक ठानेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।”

ट्राफिक प्रहरी र अटोचालकको सम्बन्धलाई प्रगाढ बनाउन र देखिएका समस्या समाधानका निम्ति अटोचालक कल्पना सिंहलाई ट्राफिक दूत भनेर चयन गरिएको जनाइएको छ । अटोचालक सिंहले अभिमुखीकरणले पेसामा थप कटिबद्ध भएर लाग्न उत्प्रेरित गरेको बताए । उनले भने “ट्राफिक प्रहरीले कारबाही मात्र होइन, उत्प्रेरणा र उत्साह पनि दिँदोरहेछ । सानातिना त्रुटिलाई माफी दिएर फेरि गल्ती नगर्न सुझाव दिनु हुँदोरहेछ । अभिमुखीकरणमा दिइएको माया, उत्प्ररेणा र सद्भावले उत्साह मिलेको छ ।”

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु