global ime bank Long Banner Ad

गृहपृष्ठ सभामुखमा कुरा मिलेन, प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित

सभामुखमा कुरा मिलेन, प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित

सभामुखमा कुरा मिलेन, प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मदेवार चयन गर्न नसकेपछि प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गतेका लागि सारिएको हो ।

यसअघि पुस ४ गते बसेको बैठक त्यसयता पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । पुस ११, पुस १६ हुँदै पुस २७ लाई बैठक डाकिएको थियो ।

यसअघि सभामुख चयन गर्ने कार्यतालिका रहे पनि दलहरुबीच सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन नसक्दा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । नेकपाले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ ।

उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा रुचि देखाएकी छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो । छलफलमा शिवमायाले ओली र प्रचण्डसमक्ष सभामुखका लागि आफ्नो योग्यताको सूची पेश गर्दै राजीनामा नदिने अडान राखेकी थिइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा थुनामा गएपछि सभामुख पद रिक्त छ ।संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु