global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकले ल्यायो किसान कार्ड

माछापुच्छ्रे बैंकले ल्यायो किसान कार्ड

माछापुच्छ्रे बैंकले ल्यायो किसान कार्ड

माछापुच्छ्रे बैंकले साना किसानको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएडको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम र हेफर इन्टरनेसनल नेपालसँगको सहकार्यमा १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त किसान कार्डअन्तर्गत किसानले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा प्राप्त गर्ने बैंकले जनाएको छ । पहिलो चरणमा हेफर इन्टरनेसनल नेपालसँग आबद्घ बाँकेको खजुरामा रहेको साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रक्रिया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

बैंकले देशका विभिन्न ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई व्यवसायमा सहयोग गरी आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।बैंकले देशभर रहेका १४४ वटा शाखा, १३८ शाखारहित बैंकिङ र १७२ एटिएमबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु