गृहपृष्ठ लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ ।
प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनलाई अस्वीकार गरिएको उनीहरुको भनाइ छ ।
अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो ।
प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागिता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।
देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसकेका हुन् ।
लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाइ छ । (रासस)
प्रकाशित समय : २०:२५ बजे


















