nmb bank

गृहपृष्ठ सांसद रेखा शर्मालाई रिहा गर्न आदेश

सांसद रेखा शर्मालाई रिहा गर्न आदेश

सांसद रेखा शर्मालाई रिहा गर्न आदेश

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद रेखा शर्मालाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

घरेलु हिंसासम्बन्धी कसुरमा पक्राउ परेकी शर्मालाई आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश जगत पौडेलको एकल इजलासले हिरासतबाट मुक्त गरि अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मा चैत १५ गते पक्राउ परेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको थियो ।

शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो । ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु