global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारीसाधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ ।

प्रदेश सरकारले बैठकले प्रदेशभित्र सङ्कलन हुने सवारीसाधन करको बाँडफाँट सम्बन्धी प्रस्ताव पनि पारित गरेको हो । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको अनुमानित सीमा एक अर्ब ४५ करोड निर्धारण गरिएको छ ।

यस्तै आगामी आव २०८३/८४ का लागि स्थानीय तहलाई हस्तान्तरण गर्ने वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदानको सीमा निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

यसैबीच, प्रदेश सरकारले २०८३ सालका लागि थप सार्वजनिक तथा पर्व बिदा पनि निर्धारण गरेको छ । हरितालिका तीज, माघेसङ्क्रान्ति, प्रदेश स्थापना दिवस र वसन्तपञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । साथै भूम्या पूजा, बड्का अत्तवारी, भगवती जात्रा र मगर दिवसजस्ता पर्वमा सम्बन्धित समुदायलाई बिदा दिने व्यवस्था गरिएको छ ।

बैठकले जीवनाशक विषादी निरीक्षकहरुको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेलाई रुपन्देही, कपिलवस्तु, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), अर्घाखाँची, पाल्पा र गुल्मी तथा अधिकृत एलिजा श्रेष्ठलाई प्युठान, रोल्पा, रुकुमपूर्व, बाँके, बर्दिया र दाङको विषादी निरीक्षकको कार्यक्षेत्र तोकिएको प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु