global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ऐतिहासिक विराट गोल्डकप २८ गतेदेखि सुरु हुने

ऐतिहासिक विराट गोल्डकप २८ गतेदेखि सुरु हुने

ऐतिहासिक विराट गोल्डकप २८ गतेदेखि सुरु हुने

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ।

सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालका विभागीसहित अन्य र भारतका गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टोलीतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड र सम्राट स्पोर्टिङ क्लब छन् भने भारतबाट अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछ। चैत २८ गतेको उद्घाटन खेलमा आर्मी र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु