global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री कप क्रिकेट: एपीएफ १० विकेटले विजयी

प्रधानमन्त्री कप क्रिकेट: एपीएफ १० विकेटले विजयी

प्रधानमन्त्री कप क्रिकेट: एपीएफ १० विकेटले विजयी

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले १० विकेटको जित हात पारेको छ। कर्णालीले दिएको १०८ रनको लक्ष्य १२ ओभरमा पूरा गर्दै एपीएफले फराकिलो जित हात पारेको हो।

एपीएफको जितमा विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले अर्धशतक पूरा गरे। आशिफले ३८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ६५ रन बनाए। यसैगरी अर्का ओपनर दीपक बोहराले ४२ रन जोडे।

यसअघि जनकपुरधामस्थित रामजानकी मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाएर १०७ रन जोडेको थियो।

कर्णालीका लागि विकेट किपर ब्याट्सम्यान अर्जुन घर्तीले अविजित रहँदै सर्वाधिक ३८ रन बनाएका थिए। ७३ बल खेलेका अर्जुनले तीन चौका प्रहार गरे। दीपेन्द्र रावतले २५, ओपनर रवीन्द्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाउँदा अरू ब्याटर चलेनन्। निश्चल रावल र विपिन रावल शून्यमै पेभेलियन फर्किए भने बिपिन शाहीले एक रन बनाए।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरी र अभिषेक गौतमले समान चार/चार विकेट लिए। कप्तान रोहित पौडेलले एक विकेट हात पारे। अभिषेक गौतम प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै एपीएफ पाँच अंकसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु