global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लगानी बोर्डले स्थापना गर्‍यो लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क

लगानी बोर्डले स्थापना गर्‍यो लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क

लगानी बोर्डले स्थापना गर्‍यो लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क

लगानी बोर्डले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल बिन्दु सेवा केन्द्र सञ्चालन सम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रराम्भिक चरण अन्तर्गत लगानीकर्तालाई थप सहज वातवारण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए ।

तामाङका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्याहरु राख्न र गुनासो गर्न सक्नेछन् । लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगको समन्वयमा गुनासो सुनुवाई डेस्क स्थापनापछि एकल बिन्दु सेवा प्रवाहका लागि मन्त्रिपरिषद्मा निर्णय प्रस्ताव पेश गर्ने, एकल बिन्दु सेवा केन्द्र स्थापनाको तयारी गर्ने, सरकारी निकाय तथा विभागसँगको समन्वय गर्ने, एकल बिन्दु सेवाको अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका बनाएको छ ।

 

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु