nmb bank

गृहपृष्ठ रिडाराको शक्तिशाली ‘इकोन ४x४’ इलेक्ट्रिक पिकअप सार्वजनिक, मूल्य ७१ लाख ९९ हजार

रिडाराको शक्तिशाली ‘इकोन ४x४’ इलेक्ट्रिक पिकअप सार्वजनिक, मूल्य ७१ लाख ९९ हजार

रिडाराको शक्तिशाली ‘इकोन ४x४’ इलेक्ट्रिक पिकअप सार्वजनिक, मूल्य ७१ लाख ९९ हजार

काठमाडौं । नेपालका लागि जिलि होल्डिङ ग्रुप अन्तर्गतको ‘रिडारा’ ब्रान्डको आधिकारिक वितरक सीजी मोटर्सले नयाँ इलेक्ट्रिक पिकअप सिडारा आरडीसिक्स इकोन फोर बाइ फोर सार्वजनिक गरेको छ । ‘प्योर इलेक्ट्रिक, प्योर क्यापेबिलिटी’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस गाडीको सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालको भौगोलिक अवस्थालाई लक्षित गरी ल्याइएको यस गाडीलाई इभी सेग्मेन्टमा हालसम्मकै शक्तिशाली र बहुउपयोगी पिकअपको रूपमा प्रस्तुत गरिएको छ । करिब दुई वर्षअघि नाडा अटो शोमार्फत नेपाल प्रवेश गरेको रिडाराले छोटो समयमै आफूलाई नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ ।

नयाँ इकोन फोर बाइ फोर भेरियन्टमा डुअल मोटर अल-ह्विल ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गर्दा यो गाडी पहाडी र कच्ची सडकमा समेत अत्यन्तै प्रभावकारी छ । यसको अधिकतम टर्क ४८५ एनएम रहेको छ, जसले शक्तिशाली पुलिङ पावर र एक्सेलेरेसन सुनिश्चित गर्छ । २२५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १२३५ केजीको पेलोड क्षमताले गर्दा यसलाई व्यवसायिक र व्यक्तिगत दुवै प्रयोजनका लागि उत्कृष्ट बनाउँछ ।

यसमा विभिन्न सडक परिस्थिति अनुसार चलाउनका लागि ईको, नर्मल , स्पोर्ट र अफ-रोड (हिउँ, हिलो र बालुवा) जस्ता मल्टिपल ड्राइभ मोडहरू उपलब्ध छन् ।

रिडारा आरडीसिक्स इकोन फोर बाइ फोर मा सुरक्षालाई विशेष ध्यान दिइएको छ । यसमा ५-स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसको ब्याट्री प्याक आईपी६८ रेटेड छ, जसको अर्थ यो पानी र धुलो प्रतिरोधी छ । यस्ता सुविधाहरूले नेपालको चुनौतीपूर्ण मौसम र कठिन भू-भागमा पनि गाडीलाई भरपर्दो र सुरक्षित बनाउँछन् ।

कम्पनीका अनुसार यो नयाँ इलेक्ट्रिक पिकअप अब देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा उपलब्ध भइसकेको छ । इच्छुक ग्राहकहरूले शोरुममा गई यसको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

उच्च प्रदर्शन, दिगोपन र आधुनिक प्रविधिको खोजीमा रहेका नेपाली ग्राहकहरूका लागि यो गाडी एउटा उत्कृष्ट विकल्प बन्ने विश्वास सीजी मोटर्सले लिएको छ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु