global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गरेका छन ।

इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवस मनाउन बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्वोदन गर्दै उनले यस्तो आह्वान गरेका हुन । देशमा द्वन्द्व पछि निरन्तर समृद्धि सुनिश्चित गर्न सयुक्त प्रयासमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन ।

मिडियाका अनुसार स्वर्गीय अयातुल्ला अली खामेनीका सुपुत्र सर्वोच्च मोजताबा खमेनीले युद्वले यहाँका मानिसहरुमा मात्र प्रभाव नगरि धेरै क्षेत्रलाई लक्षित गरेको उल्लेख गरेका छन । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै यस्तो समयमा राष्ट्र आन्तरिक विकासमा केन्द्रित रहनुपर्ने बताएका छन ।

जनताको समर्थनलाई आत्मसाथ गर्दै उनले पछिल्लो समयमा राष्ट्रले स्थिरता र गरिमा को भावना कायम राखेको बताएको मिडियाले जनाएको छ ।

सम्बोधन फेब्रुअरी– २८ मा भएको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरू प्रति समर्पित गरिएको मिडियाले रिपोर्ट गरेका छन् । यसैबीच उनले मिनाबको विद्यालयमा भएको आक्रमणलाई विर्सिन नसकेको बताएका छन । जसको परिणामस्वरूप १८६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

 

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु