global ime bank Long Banner Ad

गृहपृष्ठ शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु एसईई परीक्षा दिन केन्द्र पुगेका विद्यार्थी दाङ, १९ चैत : दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेना परीक्षा केन्द्रमा आजबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पुगेका विद्यार्थी ।तस्बिर : कुलदीप न्यौपाने/रासस

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

आज पलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन्  ।

तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।

प्रकाशित समय : ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु