global ime bank Long Banner Ad

गृहपृष्ठ कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी

कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी

कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी

मकवानपुर । मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा अवैध गाँजा तथा अफिम खेती नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडाइ गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले यी क्षेत्रमा विशेष निगरानी बढाइएको जानकारी दिएका छन् ।

प्रजिअ अधिकारीले कैलाश र राक्सिराङ गाउँपालिकामा अझै पनि कतिपय स्थानमा गाँजा र अफिम खेती हुने गरेको सूचनाका आधारमा अनुगमन तीव्र बनाइएको बताएका छन् । उनले अवैध खेती पूर्ण रूपमा अन्त्य गर्न स्थानीय तह, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
‘यदि खेती प्रणाली परिवर्तन गरी वैकल्पिक उत्पादनतर्फ नलागेमा, गाँजा वा अफिम खेती गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ,’ प्रजिअ अधिकारीले भने ।
जिल्ला प्रशासन कार्यालयले यी दुर्गम क्षेत्रका किसानलाई वैकल्पिक खेतीतर्फ आकर्षित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । साथै, स्थानीय तहलाई समेत अवैध खेतीको पहिचान गरी नियन्त्रणमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।

प्रशासनले किसानहरूलाई कानुनी दायराभित्र रही उत्पादनमुखी तथा दीगो खेती प्रणाली अपनाउन आग्रह गरेको छ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु