गृहपृष्ठ शिवपुरीमा सञ्चालित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
शिवपुरीमा सञ्चालित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
काठमाडौ । राष्ट्रिय सुरक्षा साझा बुझाइ र बृहत्तर राष्ट्रिय हितबारे जानकारी दिलाउने उद्देश्यले सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको एघारौँ संस्करणको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज समापन भएको छ ।
रक्षा मन्त्रालयको आयोजनामा भएको उक्त तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत् तथा सुरक्षा निकायका ३० जना महानुभाव सहभागी थिए । तालिम समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट राष्ट्रिय सुरक्षाको विषयमा साझा धारणा विकास भई समन्वय र सहकार्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले समन्वय र सहकार्यबाट हुने एकीकृत प्रयासबाट सुरक्षा नीतिको सफल कार्यान्वयन हुने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
समारोहमा पूर्वप्रधानसेनापति, रक्षासचिव, विपद् व्यवस्थापन प्राधिकरण प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक, रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।
राष्ट्रिय सुरक्षाको विषयमा राज्यका सम्पूर्ण संयन्त्रबीच एकीकृत कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले विसं २०७२ बाट सुरु भएको उक्त तालिम हासम्म दुई सय ८२ जनाले प्राप्त गरिसकेका छन ।
प्रकाशित समय : १८:०९ बजे




















